बङ्गलादेशबाट ७ हजार डोज आइपुग्यो ‘रेम्डेसिभिर’

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले सात हजार डोज औषधि आज नेपाल आइपुगेको बताए । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार डोज औषधि नेपाल ल्याइएको उनले बताए ।

याे पनि पढ्नुस  गण्डकीमा थप १२१ जनामा कोरोना, कुन जिल्लामा कति थपिए? (सूचीसहित)

उनले भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुने बताए । रेम्डेसिभिर औषधि आजै वितरण गरिनेछ ।

कमेन्ट गर्नुहोस्