माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेस्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा छलफल हुने बताइएको छ । यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

कोरोनाका कारण बैठकमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्रै बैठकमा बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्