भारतमा सङ्क्रमित हुने २ करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ ।

एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६ लाख ६३ हजार ७४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसः विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् शनिबार एकैदिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा सङ्क्रमितको संख्यामा कमी हुँदै आएको छ ।

सोमबार तीन लाख ६८ हजार सङ्क्रमित थपिएकोमा मंगलबार दैनिक थपिने सङ्क्रमितमा कमी आएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ४४९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई लाख २२ हजार ४०८ जना सङ्क्रमितको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  दक्षिण कोरियामा राष्ट्रपतिको पार्टीलाई बहुमत, भगौडाले पनि जिते चुनाव

हाल ३४ लाख ४७ हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख २० हजार २८९ जना कोरोनामुक्त भएका छन् ।

भारतमा हालसम्म १५ करोड ८९ लाख ३२ हजार ९२१ जनाले खोप लगाएका छन् ।

याे पनि पढ्नुस  इटलीलाई उछिन्दै मृत्युको सङ्ख्या अमेरिकामा विश्वकै उच्च

कमेन्ट गर्नुहोस्