धमाधम खेलाडीलाई कोरोना देखिएपछि आईपीएल स्थगित

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएल स्थगित भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज अनिश्चितकालका लागि आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

टिमका खेलाडीलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि आईपीएल २०२१ स्थगित गरिएको हो ।

सोमबार मात्रै केकेआरका दुई र आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सका एक–एक खेलाडीलाई कोरोना देखिएको थियो ।

याे पनि पढ्नुस  आईपीएल : फिन्चले ड्रेसिङ रूममा सिगरेट पिएपछि...

जारी सिजनमा २९ म्याच सकिसकेका थिए । यो अवस्थासम्म दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्