सांसदको कोरोना परीक्षण गरिने

काठमाडौं । आउँदो २७ गतेका लागि बोलाइएको संसद्को विशेष अधिवेशनका लागि बुधवार र बिहीवार सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  मन्त्री, सांसद र स्वकीय सचिवलाई पनि दशैं भत्ता

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

कमेन्ट गर्नुहोस्