काठमाडौंमा थपियो निषेधाज्ञा, के छन् नयाँ नियम ?

काठमाडौं । काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदैछ । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो ।

याे पनि पढ्नुस  निषेधाज्ञा राजनीतिक अभिप्रायले हैन, कोरोनाको चेन ब्रेक गर्न होः पोखरेल

सम्बन्धित समाचारः उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा (आदेशसहित)

यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ ।

याे पनि पढ्नुस  भोलि मध्यरातिदेखि कैलालीमा निषेधाज्ञा

बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

सम्बन्धित समाचारः उपत्यकामा निषेधाज्ञाः के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? यस्तो छ व्यवस्था

कमेन्ट गर्नुहोस्