चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जीप दुर्घटना, ४ को मृत्यु

बैतडी । तल्लोसोराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

याे पनि पढ्नुस  मुगुमा घोडाबाट लडेर एक जनाको मृत्यु

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइइएको छ ।

सोमबार साँझ चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–०६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उनको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा जीप दुर्घटना भएको बताइएको छ ।

याे पनि पढ्नुस  होम आइसोलेसनमा बसेकी कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । जीपमा १२ जना सवार रहेको अनुमान गरिएको छ ।

प्रहरी चौकी रोडिदेवलको टोली अहिले घटनास्थलमा पुग्दैछ ।

थप बिबरण आउन बाँकि रहेको छ ।

कमेन्ट गर्नुहोस्