लुम्बिनीका मुख्यमन्त्री पोखरेलकै गाउँका एमाले सांसद डाँगी माओवादी प्रवेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा रहेका नेकपा एमाले सांसद अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री पोखरेलले सांसद पदबाट कारबाही गर्ने भएकाले त्यसअघि नै डाँगीले सांसद पदबाट राजीनामा दिने माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले जानकारी दिए ।

याे पनि पढ्नुस  तानातानमा जसपाः आजै एमाले र कांग्रेससँग सत्ता समिकरणबारे छलफल गर्दै

डाँगीले राजीनामा दिए मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै हुने भएका छन् । यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

डाँगी दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सदस्य हुन् । डाँगी र मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता हुन् । यअसघि उनी एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे । डाँगी पार्टी भित्र एक हक्की, निस्कलंक र बफादार नेताको छबि बनाएका नेताको रुपमा हेरिन्छन् ।

याे पनि पढ्नुस  धुम्बाराहीमा नेकपाको झिकेर एमालेको बोर्ड राखियो

उनले राजनीतिका लागि प्रधानाध्यापकको जागिरसमेत त्यागेका थिए ।

कमेन्ट गर्नुहोस्