सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि पत्रकारलाई नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  जसपा नेताहरु पेरिसडाँडामा, सत्ता समिकरणबारे प्रचण्डसँग छलफल गर्दै

‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

लुम्बिनीमा कथित नयाँ सरकार गठन अवैधानिक भएको बैठकले भएको घोषणा गरेको उनले बताए ।

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बिना कारण पदमुक्त गरेर नयाँ नियुक्त गर्ने निरंकुश कदमको विरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्