फेरि कोरोनाको नयाँ रेकर्डः ५५ जनाको मृत्यु, ७६६० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमित हालसम्मकै बढी हुन् । यसअघि सोमबार ७४४८ संक्रमित थपिएका थिए ।

योसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज मृतक संख्या हालसम्मकै बढी हो । यसअघि नेपालमा कोरोनाबाट एकैदिन सोमबार ३७ जनाको मृत्यु भएको थियो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

आज १७७५ निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

कमेन्ट गर्नुहोस्