मंगलबार काठमाडौं उपत्यकामा थपिए ३८९३ संक्रमित, अन्य कुन जिल्लामा कति ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा ३८९३ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा २७७९, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामापछि रुपन्देही, कास्की, मोरङ, चितवनमा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार प्रदेश १ मा ६०७, प्रदेश २ मा ४३६, बागमतीमा ४५७८, गण्डकीमा ४१८, लुम्बिनीमा १००९, कर्णालीमा २१३ र सुदूरपश्चिममा ३२६ संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले कोरोना भाइरसका सम्बन्धमा राष्ट्रका नाममा गरेकाे सम्बोधन (पूर्णपाठसहित)

मंगलबार देशभर ७६६० संक्रमित थपिँदा ५५ जनाको मृत्यु भएको छ ।

अन्य कुन जिल्लामा कति ?

कमेन्ट गर्नुहोस्