भारतमा देखियो कोरोना भाइरसको १५ गुणा खतरनाक नयाँ स्ट्रेन

नयाँ दिल्ली । कोरोना भाइरसको दोश्रो लहरबीच भारतमा भाइरसको नयाँ स्ट्रेन देखा परेको छ । सेन्टर फोर सेल्युलर एण्ड मोलिक्यूलर बाइलोजीका वैज्ञानिकहरुको दावी अनुसार, अहिले फेला परेको नयाँ प्रकार हाल संक्रमण फैलाइरहेको स्टर्ेनको तुलनामा १५ गुणा बढी खतरनाक रहेको छ । यसलाई उनीहरुले एपि स्टर्नको नाम दिएका छन् ।

हैदराबादस्थित उक्त संस्थाले काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्चको मातहतमा काम गर्ने गर्दछ । संस्थाका अनुसार, दक्षिण भारतमा अहिलेसम्म कोरोनाका ५ वटा भेरियन्ट (प्रकार) भेटिएका छन् । यीमध्ये आन्ध्र प्रदेश, कर्नाटक र तेलंगानामा एपि स्ट्रेन तीब्र गतिमा फैलिरहेको छ । यसको असर महाराष्ट्रमा पनि देखिएको छ ।

याे पनि पढ्नुस  भारतः बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारकाे कोरोना भाइरस, सबै उडानमाथि प्रतिबन्ध

नयाँ भेरियन्टबाट संक्रमित हुने बिरामी ३, ४ दिनमा हाइपोक्सिया या डिस्पनियाबाट प्रभावित बन्न पुग्छन् । यो अवस्थामा फोक्सोसम्म श्वास पुग्ने प्रक्रिया बन्द हुन्छ । यदि सही समयमा उपचार र अक्सिजन सपोर्ट नपाईको अवस्थामा बिरामीको मृत्यु हुन्छ । भारतमा यसकारण पनि बढी मृत्यु भइरहेको छ ।

याे पनि पढ्नुस  भारतः बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारकाे कोरोना भाइरस, सबै उडानमाथि प्रतिबन्ध

विशेषज्ञहरुका अनुसार यदि समयमा नै यसको चेन (श्रृंखला) तोडिएन भने यो कोरोनाको दोश्रो लहरभन्दा खतरनाक हुनसक्छ । किनभने हालको बी १६१७ र बी ११७ भन्दा यो स्ट्रेन निकै खतरनाक छ ।

Infection of a person by respiratory viruses, illustration. Conceptual image.

द हिन्दूमा प्रकाशित रिपोर्ट अनुसार, यो भाइरस आन्ध्र प्रदेशको राजधानी विशाखापट्टनमसहति अरु क्षेत्रमा फैलिरहेको छ । वैज्ञानिहरुका अनुसार, शुरुमा यो स्ट्रेनको पहिचान आन्ध्र प्रदेशको कुरनूलमा भएको थियो । चिन्ताको कुरा त के छ भने राम्रो प्रतिरोधात्मक क्षमता भएकाहरु पनि यसको शिकार बनेका छन् । यसबाट मानिसको शरीरमा साइटोकाइन स्टर्मको समस्या आउने गर्दछ ।

याे पनि पढ्नुस  भारतः बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारकाे कोरोना भाइरस, सबै उडानमाथि प्रतिबन्ध

यो भाइरस प्रसार हुने दर समेत निकै तीब्र रहेको छ । पहिला भाइरबाट संक्रमित बिरामीलाई हाइपोक्सिया या डिस्पनिया चरणसम्म पुग्न कम्तिमा एक हप्ता लाग्ने गर्दथ्यो । तर अहिले बिरामी तीन या चार दिनमा नै गम्भीर अवस्थामा पुगिरहेका छन् । त्यसैले अक्सिजन, बेड र आइसियु बेडको आवश्यकता बढेर गएको छ ।

 

कमेन्ट गर्नुहोस्