माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन (पत्रसहित)

काठमाडौं ।नेकपा माओवादी के न्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ ।

पार्टीको मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार आज संसद सचिवालयमा माओवादी केन्द्रले अविश्वास फिर्ताको पत्र दर्ता गरेको हो ।

याे पनि पढ्नुस  प्रदेश १ का अर्थमन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटायो

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

सरकारलाई समर्थन गर्ने घोषणा अनौपचारिकरुपमा गरेको भएपनि औपचारिकरुपमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने यही वैशाख २७ गते विश्वासको मत लिने बताएका छन् ।

याे पनि पढ्नुस  माधव पक्षले भन्यो– कर्णाली सरकारलाई एमालेको समर्थन कायमै छ

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको खण्डमा आफूले सरकार निर्माणको पहल गर्ने बताउँदै आएको थियो ।

जनता समाजवादी पार्टीमा सरकारलाई समर्थन गर्ने विषयमा विवाद चुलिएपछि पूर्व राजपा समूहमा ल्याउन प्रधानमन्त्री ओलीले कसरत गरिरहेका छन् । यद्यपी माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिएको खण्डमा ओली सरकारलाई जसपाले समर्थन गरे पनि बहुमत पुग्ने देखिँदैन ।

याे पनि पढ्नुस  माओवादी केन्द्रद्वारा सबै प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण (फोटो फिचर)

माधव नेपाल समूहले भने अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन ।

कमेन्ट गर्नुहोस्