नेपाली मोडेलको समाजवाद स्थापना अहिलेको आवश्यकताः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

विश्व सर्वहारा–श्रमजीवी वर्गका महान गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता रहेको औल्याएका हुन् ।

याे पनि पढ्नुस  सकियो ओली–प्रचण्ड भेट, के भयो सहमति ?

उनले त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गरेका छन् । यसरी नै कार्ल माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिने प्रचण्डले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  ओलीलाई बैठक शब्दको ‘एलर्जी’ छ, सत्ता जोगाउन आफैं आन्दोलन गर्न लगाउनु भएको हो : यादव

नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने, त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्