पदको हतारोः संक्रमणमुक्त नहुँदै सपथ ग्रहणमा !

बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना संक्रमणबीच जिम्मेवारी सम्हालेका छन् ।

१६ दिनअघि संक्रमित भएका उनी घरमै आइसोलेसनमा थिए । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीनमध्ये एकमन्त्री श्रेष्ठ होम आइसोलेसनबाट सीधै सपथ ग्रहण समारोहमा उपस्थित भएका छन् ।

याे पनि पढ्नुस  पोखरामा कोरोना सङ्क्रमित महिलाको मृत्यु

सपथ लिने क्रममा उनी अलग्गै उभिएका थिए । आज पुन कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना दिइएपनि नतिजा आइनसकेको उनको सचिवालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्