कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना भएका छन् । अक्सिजन लेवलमा कमी आएपछि उनी फेरि अस्पताल भनाए भएका हुन् ।

८ दिन कोरोनाको अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई फेरि अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् ।

याे पनि पढ्नुस  मदनकृष्णले छोरी सरानासँग गाए ‘पानी छाया’ (भिडिओसहित)

कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय गरेका छन् ।

मदनकृष्ण हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा छन् । यद्यपि, उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ ।

पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

याे पनि पढ्नुस  मदनकृष्णले छोरी सरानासँग गाए ‘पानी छाया’ (भिडिओसहित)

 

कमेन्ट गर्नुहोस्