दाङको कोरोना विषेश अस्पतालमा चार जना संक्रमितको मृत्यु

काठमाडौं । दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाका कारण थप तीनको मृत्यु

उनीहरु कोरोना र निमोनियाबाट पीडित थिए ।

कमेन्ट गर्नुहोस्