चितवनको माडीमा कोरोना संक्रमितद्वारा आत्महत्या

चितवनको माडीमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले मिडियालाई दिएको जानकारी अनुसार, माडीको बगैंचा टोलका ३५ वर्षीय एक युवकले आत्महत्या गरेका हुन ।

गएराति घर पछाडिको गोठमा आइसोलेसनमा रहेको बेला उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

गत वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएपछि तीन दिनअघि उनलाई कोरोना देखिएको थियो ।

कमेन्ट गर्नुहोस्