कोरोना संक्रमणबाट बालबालिकालाई कसरी बचाउने ?

डा. विवेक सिंह, एमबिबिएस, एमडी

कोरोना भाइरसको संक्रमणले धेरै मानिसको ज्यान लिएको छ । यीमध्य धेरै व्यक्तिहरुको ज्यान रोगकै कारण गएको छ । यस्तै कयौंको ज्यान रोगसम्बन्धी अधुरो जानकारीको कारण गएको पाइएको छ ।

कोरोनासम्बन्धी विश्वभर भइरहेको अध्ययनले कोरोना भाइरस संक्रमित मध्ये ८.५ अर्थात् १३ प्रतिशत बच्चा छन् । त्यसमा १० वर्षभन्दा मुनीको बच्चाहरुमा यो संक्रमण तुलनात्मकरुपमा कम देखिएको छ ।

के नवजात शिशुमा यो संक्रमण हुन सक्छ ?

नवजात शिशुमा पनि यो संक्रमण हुन सक्छ तर, गर्भवती आमाबाट नवजात शिशुमा यो संक्रमण सर्ने सम्भावना न्युन छ ।

कस्तो बच्चामा यो संक्रमण हुने सम्भावना अधिक हुन सक्छ ?

मुटु र फोक्सोसम्बन्धी समस्या भएका बच्चाहरुमा यो संक्रमणको सम्भावना अधिक हुन सक्छ।

बच्चाहरुलाई मास्क लगाउँदा कतीको उपयोगी होला ?

मास्कले धेरै हदसम्म कोरोना भाइरसको संक्रमणलाई रोक्न सक्छ जुन अहिलेसम्मको १०० औँ अध्ययनले पुष्टि गरिसकेको छ । मास्क बच्चादेखि सबै उमेर समूहका मानिसका लागि उपयोगी हुन्छ । अझै तपाईं आफ्नो बच्चाहरुलाई कुनै भीडभाड भएको स्थान लगेर जाँदै हुनुहुन्छ भने त मास्क अनिवार्य हुन्छ । र, मास्क लगाउँदा मुख र नाक पूर्ण रुपमा छोपिएको हुनु पर्छ ।

के मास्कले शरिरको अक्सिजन मात्रा कमी गर्छ ?

मास्कले शरीरको अक्सिजनको मात्रा कमी गर्दैन, २४ घण्टा मास्क लगाउन जरुरी पनि देखिँदैन । भीडभाडबाट टाढा खुल्ला ठाँउमा बस्दा मास्क लगाउन जरुरी हुँदैन ।

बच्चाहरुमा कस्तो लक्षण बढी देखिने गर्छ ?

धेरै जसो बच्चामा रुघाखोकी लाग्ने, ज्वोरो आउने लक्षण देखिएको पाइन्छ । साथै वाक्वाक् लाग्ने, बान्ता हुने, पखला लाग्ने, स्वास फेर्न गार्हो हुने, ओठ निलो हुने, समास्या देखिन सक्छ ।

बच्चाहरुलाई अरु के कुरामा ध्यान दिनु पर्ने हुन्छ ?

सकेसम्म भीडभाड भएको ठाँउमा जान नदिने,

जानु परेमा मास्कको अनिवार्य प्रयोग गर्ने,

हात धुने बानी बसाल्ने,

समाजीक दुरी कायम राख्ने

घरमा नियमित शारीरिक अभ्यासको बानी बसाल्ने

 

के कोरोनाले मानसिक असर पर्न सक्छ ?

कोरोना भाइरसको संक्रमणले बच्चा र ठुलो मानिस दुबैमा मानसिक असर पर्न सक्छ, जसले गर्दा बच्चाहरु अत्तिने, रुने, उदास रहने, कसैसँग नबोल्ने गर्न सक्छन । यस्तो समस्या आएमा डाक्टरसँग सल्लाह लिनु पर्छ ।

कोरोनाले मानसिक असर बाट बच्चाहरुलाई कसरी जोगाउन सकिन्छ ?

  • बच्चाका सामुन्ने कोरोनासम्बन्धी समाचार धेरै नढ्ने, सेयर नगर्ने
  • कोरोनासम्बन्धी डर , त्रास फैलाउने भिडियो नहेर्ने, देखाउने,
  • जतिसक्यो कम समाजिक सन्जाल प्रयोग गर्न दिने,
  • फुर्सदको समयमा नँया सीप सिकाउने तथा विज्ञानका वृत्तचित्रहरु देखाउने
  • घरमा बस्दा एक्लोपना अनुभूति हुन नदिने, सकेसम्म बच्चाहरुसँग खेल्ने र उनीहरुलाई एक्लो नछोड्ने

कस्तो खाने कुरामा ध्यान दिनु पर्छ ?

  • बच्चाहरुलाई चिसो खानेकुरा सकेसम्म नदिने,
  • उनीहरुलाई चिसोबाट बचाउने,
  • तरल पदार्थ, सुप, फलफुल, तरकारीको मात्रा धेरै दिने,
  • कुनै आयुर्वेदिक औषधि दिँदा सही सल्लाह लिएर मात्र दिने,

के आयुर्वेदिक औषधीले कोरोना निको हुन्छ ?

आयुर्वेदिक औषधि कोरोना निको पारेको अहिलेसम्म पुष्टि भएको छैन । तर, यो प्राचिनकालदेखि चलिआएको एउटा विज्ञान हो र यसले कोरोनाबाट बचाउन तथा छिट्टो निको हुन केही हदसम्म मद्दत गर्छ भनेर धेरै अध्य्यनले देखाएका छन् ।

कमेन्ट गर्नुहोस्