तपाईंलाई शय्या चाहिँयो ? यी नम्बरमा गर्नुस् फोन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

याे पनि पढ्नुस  के खाए कोरोना सर्दैन्? भ्रम र यथार्थ

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ ।

बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

याे पनि पढ्नुस  बूढानीलकण्ठका मेयरलाई कोरोना संक्रमण

 

कमेन्ट गर्नुहोस्