ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

वैशाख । नेकपा एमालेक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएका छन् ।

आगामी वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेको ओलीले पछिल्लो राजनीतिक समीकरणबारे निर्णय गर्न बैठक बोलाइएको आँकलन गरिएको छ ।

विश्वासको मत लिन नेपाली कांग्रेससँग अनुरोध गरेपनि समर्थन नपाएपछिको अवस्थामा प्रधानमन्त्री ओली रहेका छन् । हिजो बुधबारका दिन प्रधानमन्त्री ओलीसहित नेकपा एमाले नेताहरुले देउवा तथा पौडेललगायतका नेतासँग छलफल गरेका थिए ।
कांग्रेसले भने सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको छ।

याे पनि पढ्नुस  एमाले स्थायी समिति बैठक शुरु, यस्तो छ एजेण्डा

जसपा अनिर्णियत अवस्थामा रहनु र एमालेभित्रै पनि माधव नेपाल समूहले सामूहिक राजीनामा या फ्लोर क्रसको सम्भावना रहेकोले प्रधानमन्त्री ओली संकटमा देखिएका हुन ।

यही विषयमा टुंगोमा पुग्न र सम्भवतः माधव नेपाल समूहका सांसदहरुमाथि कार्वाही या कसरी डील गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने देखिन्छ ।

याे पनि पढ्नुस  मुख्यमन्त्री छान्न एमाले स्थायी कमिटि बैठक, यी हुन चर्चामा रहेका नाम

एमालेको माधव नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा पत्र लिएर तयारी अवस्थामा रहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । यद्यपी यसको आधिकारिक पुष्टि भने नेपाल समूहले गरेको छैन । नेपाल समूह वैशाख २७ का दिन के गर्ने भन्ने विषयमा ठोस निश्कर्षमा पुगेको छैन ।

याे पनि पढ्नुस  एमाले स्थायी समिति बैठक शुरु, यस्तो छ एजेण्डा

कमेन्ट गर्नुहोस्