एमालेको आकस्मिक स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आकस्मिक स्थायी कमिटी बैठक सुरू भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको हो ।

बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनको उमेदवार तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

याे पनि पढ्नुस  एमालेले बोलायो स्थायी कमिटी बैठक, यी विषयमा हुनेछ छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचनको उमेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

आउँदो जेठ ६ गते वाग्मती र १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वचन हुँदैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वैशाख १० गते नै केन्द्रीय कमिटी सदस्यहरुलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उमेदवार बनाउने जानकारी गराएका थिए । तर, औपचारिक निर्णय भने भएको छैन ।

याे पनि पढ्नुस  राष्ट्रव्यापी अभियान घोषणा गर्दै नेपाल–खनाल पक्ष

कांग्रेस, माओवादी, जसपा, एमालेको माधव कुमार नेपाल पक्षले भने वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।

यस्तै, ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदैछन् ।

याे पनि पढ्नुस  राष्ट्रिय भेलामा माधव नेपालले पेश गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।

कमेन्ट गर्नुहोस्