एमालेले राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बेठकमा बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनेलगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

आउँदो जेठ ६ गते वाग्मती र १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वचन हुँदैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वैशाख १० गते नै केन्द्रीय कमिटी सदस्यहरुलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उमेदवार बनाउने जानकारी गराएका थिए । आज बसेको बैठकले उम्मेद्वार तय गर्ने अपेक्षा थियो ।

याे पनि पढ्नुस  एमाले विवादः हिजो के भयो र आज के हुँदैछ ? होला त निर्णायक वार्ता ?

तर, उम्मेद्वार तय नभएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सहभागी सदस्यहरुले उपनिर्वाचनमा जिताउने गरि तयारी गर्न विभिन्न सुझाव दिएका थिए ।

कांग्रेस, माओवादी, जसपा, एमालेको माधव कुमार नेपाल पक्षले भने वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।

याे पनि पढ्नुस  धनगढीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप

आजको बैठकमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको रिक्त पदमा हुने उपनिर्वचनका विषयमा भने छलफल भएन ।

यस्तै, ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदैछन् । आज बसेको बैठकमा विश्वासको मत प्राप्त गर्ने गरि छलफल भएको ज्ञवालीले बताए ।

त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए । तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ ।

याे पनि पढ्नुस  स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली शितल निवासमा

कमेन्ट गर्नुहोस्