स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

उनी बैठक सकेलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।

एमालेको आकस्मिक स्थायी कमिटी बैठकमा बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनेलगायतका समसामयिक विषयमा छलफल भएको थियो । तर, बैठकले राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न सकेन ।
आउँदो जेठ ६ गते वाग्मती र १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वचन हुँदैछ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा बुद्ध प्रतिमामा माल्यार्पण

यस्तै, ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदैछन् ।

एमालेले राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न सकेन

कमेन्ट गर्नुहोस्