प्रतिनिधिसभाका ४ सांसदमा संक्रमण पुष्टि

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

याे पनि पढ्नुस  विनोद चौधरीले १० दिनमै जिते कोरोना

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्