प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले बिहीबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकका एजेण्डाबारे भने जानकारी दिइएको छैन ।

बिहीबार बिहान एमाले स्थायी कमिटी बैठक बसेको थियो । त्यसलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

याे पनि पढ्नुस  यस्तो छ ओलीले सचिवालय बैठकमा गरेको सम्बोधन (पूर्णपाठसहित)

कमेन्ट गर्नुहोस्