दिनेशको ‘मुड चल्यो’मा चक्र र अन्जुको मस्ती

काठमाडौं । ‘मुडचल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

दिनेश ठकुल्लाको निर्देशन रहेको गीतमा चक्र बम र अन्जु न्यौपानेको अभिनय देख्न सकिन्छ ।

गीतमा आकाश ताराको शब्द तथा बिष्णु भट्टको संगीत तथा स्वर रहेको छ । यस गीतको संगीत एरेन्ज ओम सुनार, म्युजिक भिडियो छायांकन नरेश ऐर र राजेश कुमारले सम्पादन गरेका छन् ।

विगत लामो समयदेखि गीत संगीतमा निरन्तरता लागेका भट्टको स्वरमा एकपछि अर्को गित बजारमा आइरहेको छन् ।

लोकपप मेलोडीमा रहेको गीतको भिडियो अहिलेको चलनचल्ती अनुसार तयार गरिएको छ ।

कमेन्ट गर्नुहोस्