प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् भने समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

याे पनि पढ्नुस  संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस

यसअघि संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र सभामुख उपस्थित हुन नमानेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएको थियो । सभामुख र विपक्षी दलका नेताले असहयोग गर्दा संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन ।

याे पनि पढ्नुस  सहमति उल्लङ्घन गर्दै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि प्रचण्ड बालुवाटारमा

त्यही आधारमा यसअघि सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्मार्फत आयोगमा पदपूर्ति गरेको थियो । अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ ।

त्यसअघि पाँच सदस्यीय परिषद्ले सर्वसम्मतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था रहेकोमा अध्यादेश ल्याएर विभिन्न आयोगमा पदपूर्ति गरेको थियो ।

याे पनि पढ्नुस  संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस (सूचीसहित)

प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको परिषद् बैठकले पदपूर्तिको सिफारिस गरेको थियो । दलभित्रको आन्तरिक कलह र सत्ता संघर्षका कारण सभामुख र विपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गरिएको थियो ।

अहिले पनि सोही प्रक्रियाबाट नियुक्ति गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्