प्रचण्ड र देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुढानिलकण्ठस्थित देउवा निवासमा भेटावार्ता भएको हो ।

देउवा-प्रचण्डबीच करिब आधा घन्टा कुराकानी भएको थियो । समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, यी हुन् मुख्य तीन माग (पूर्णपाठ)

‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भने ।

प्रधानमन्त्री केपी ओलिले वैशाख २७ मा विश्वासको मत लिन लागेका छन् । कांग्रेस र नेकपा माओवादी ओलिलाई विश्वासको मत दिने पक्षमा छैनन् बरु देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा छन् ।

कमेन्ट गर्नुहोस्