कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथाको आरोहण

काठमाडौं : नयाँ उचाइ मापण भएपछि पहिलोपटक सगरमाथाको चुचुरोमा शेर्पाको समूह पुगेको छ।

यो बसन्त ऋतुको सिजनको पहिलो समूहका रुपमा कामिरिता शेर्पाको समूह सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी आरोहन शाखा प्रमुख मिरा आचार्यले जानकारी दिइन्।

यो समूह रोप फिक्सिङका लागि गएको हो। यो समूहको सफल आरोहणसँग यो सिजनको आरोहण सुरु भएको छु आचार्यले भनिन्।

आरोहण सञ्‍चालन व्यवस्थापनको अन्तर्गत सेभेन समिटबाट १२ जनाको समूहले सगरमाथा आरोहण गरेको हो।

कामिरिता शेर्पा,फुर्तेन्जी शेर्पा,निग्मा तशी शेर्पा,मिग्मा तेन्जी शेर्पा, फुराछिरिङ शेर्पा,तेन्जिङ शेर्पा,छितेन दोर्जे शेर्पा,तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा,मिग्मा दोर्ची शेर्पा र फुर्वा कुसाङ शेर्पाको समूह सगरामाथाको चुचुरोमा पुगेको हो।

योसँगै कामिरिता शेर्पाले २५ ‍औं पटक सगरमाथा आरोहण गरेका छन्। कामिरिता कीर्तिमानी आरोही हुन्।

यो सिजनका लागि पर्यटन विभागले ४०८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको छ। सगरमाथामा आधारशिबिरमा कोरोना भाइरस संक्रमण फैलिएको समाचारहरु आइरहेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले भने अहिलेसम्म कुनै संक्रमण पुष्टी नभएको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्