सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ कोरोना संक्रमितको मृत्यु

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।

याे पनि पढ्नुस  कोरोना आशंकामा ४ जना अस्पताल भर्ना

यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका-२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्