ओलीले माधव समूलाई भने– विश्वासको मत दिनुस्, असन्तुष्टि समाधान गरौं

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाल समूहलाई संकेत गर्दै हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा सबै सांसदहरुको ध्यानकार्षण गराएका हुन् ।

याे पनि पढ्नुस  ८ लाखमध्ये ६ लाख कार्यकर्ता मसँग छन्, देशव्यापी संगठन बनाउँछुः नेपाल

उनले आफूले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको कुराको स्मरण समेत गराएका छन् ।

तर, नेपाल समूहले भने ओलीलाई विश्वासको मत नदिने र आज संसदमा अनुपस्थित हुने निर्णय गरिसकेको छ ।

याे पनि पढ्नुस  लुम्बिनीका मुख्यमन्त्री पोखरेलकै गाउँका एमाले सांसद डाँगी माओवादी प्रवेश गर्दै

सम्बन्धित समाचारः

नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने, संसदमा अनुपस्थित हुने

कति मत पाउँलान ओलीले, जोगिएला त सरकार ?

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, यस्तो छ संसद चल्ने प्रक्रिया

कमेन्ट गर्नुहोस्