ओली–नेपालका दोस्रो तहका नेताबीच छलफल जारी

काठमाडौं । सिंहदरबारमा अहिले एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल अहिले सिंहदरबार आएका छन् ।

अहिले उनले माधवकुमार नेपाल समूहमा रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन् ।

आज प्रधानमन्त्री केपी ओलीप्ले संसदबाट विश्वासको मत लिँँदैछन् । तर, वरिष्ठ ने्ता माधव कुमार नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा नजाने निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचारः

ओलीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय

ओलीले माधव समूलाई भने– विश्वासको मत दिनुस्, असन्तुष्टि समाधान गरौं

नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने, संसदमा अनुपस्थित हुने

कति मत पाउँलान ओलीले, जोगिएला त सरकार ?

प्रधानमन्त्रीले आज विश्वासको मत लिने, यस्तो छ संसद चल्ने प्रक्रिया

कमेन्ट गर्नुहोस्