ओलीलाई साथ छैन, नेपाल–खनालले पार्टी विभाजन गरे त्यसैमा लाग्छुः गौतम

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी विभाजन गरे त्यसैमा लाग्ने बताएका छन् ।

समसामयिक सन्दर्भमा धारणा सार्वजनिक गर्दै गौतमले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘उहाँहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

गौतमले प्रधानन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलई साथ दिन नसकिे स्पष्ट पारेका छन् ।

यस्तो छ विज्ञप्तिः

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क.माधव नेपालहरुका सन्दर्भमा

वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

कमेन्ट गर्नुहोस्