काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद बैठक सु संसदमा प्रधानमन्त्री केपी शर्मा
बैठकमा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुनेछ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मत लिने क्रममा सबै प्रक्रिया आजै टुंग्याउने सहमति भएको थियो ।
संसद् सचिवालयका अनुसार कोभिड संक्रमित सांसदलाई छुट्टै हलमा मतदानको व्यवस्था मिलाइएको छ । दलीय आधारमा छुट्याइएको बढीमा २ घण्टाको समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले मन्तव्य राख्ने सहमति कार्यव्यवस्था बैठकमा भएको छ ।
ओलीलाई कांग्रेस, माओवादी, जसपा र एमाले माधव नेपाल पक्षले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
त्यसकारण ओलीले विश्वासको मत पाउने सम्भावना न्यून छ ।