ओलीले विश्वासको मत पाउँदैनन्, अर्को सरकार गठन प्रक्रिया अगाडि बढनुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने बताएका छन् ।

ओलीले विश्वासको मत लिने संसद बैठकमा बोल्दै देउवाले भने, ‘प्रधानमन्त्रीले पाउँदिन भन्ने थाहा हुँदा पनि विश्वासको मत माग्नुभएको छ ।’

सम्बन्धित समाचारः

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद बैठक सुरू [LIVE]

उनले अरुमाथि दोष थोपारेर ओली भाग्न खाजेको आरोप लगाए । उनले सरकार पूर्णरुपमा असफल भएको बताए । तर, ओली आफूले आफ्नै प्रशंसा गर्नु बिडम्बना रहेको देउवाले बताए ।

उनले अहिलेको अवस्था ओलीको दम्भका कारण आएको बताए ।

देउावले रेल, पानीजहाज, घरघरमा ग्यासको चुनावी नारा के भइरहेको छ भनेर प्रश्न गरे ।

उनले सबैलाई विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरे ।

उनले ओलीले विश्वाको प्राप्त गर्न नसक्ने अवस्था रहेको र संविधानको धारा ७२ को उपधार २ बमोजिम अर्को सरकार गठन गर्न प्रक्रिया अगाडि बढनुपर्ने माग गरे ।

यसअघि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संविधानको धारा ७६९२० बमोजिमको सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेका थिए ।

कांग्रेस र माओवादीले धारा ७६(२) को सरकार दाबी गर्ने

कमेन्ट गर्नुहोस्