ओलीलाई विश्वासको मत दिने/नदिनेमा जसपा संसदमै विभाजित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नदिने भन्ने विषयमा जसपा विभाजित भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विश्वासको मत दिने र नदिने विषयमा छुट्टा छुट्टै अभव्यक्ति दिए ।

जसपाका एक अध्यक्ष ठाकुरले अविश्वासको प्रस्तावको पक्ष विपक्षमा मत नदिने र तटस्थ बस्ने बताए ।

तर, त्यसपछि बोलेका अर्का अध्यक्ष यादवले विश्वासको मतको विपक्षमा मत दिने बताए ।

ठाकुर प्रधानमन्त्री ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने यादव आक्रामक रुपमा प्रस्तुत भए ।

जसपामा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा लामो समयदेखि विवाद रहेको थियो ।

यही विवादका कारण पार्टी फुटतिर गएपछि आइतबारको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत दिने नदिनेबारे सांसदलाई ह्वीप जारी नगर्ने निर्णय गरेको थियो । जसअनुसार सांसदहरुले स्वविवेक प्रयोग गर्न सक्नेछन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद बैठक सुरू [LIVE]

कमेन्ट गर्नुहोस्