काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन थप गर्दै निषेधाज्ञा जेठ १३ गतेसम्म लागू गर्र्नेे निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण

अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो ।

राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको छ ।

‘महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ,’ ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘आदेश उल्लंघन नगर्न, अत्यावश्यक कामबिना बाहिर ननिस्कन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।’

याे पनि पढ्नुस  यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

काठमाडौं उपत्यकामा यसअघि वैशाख १६ गतेदेखि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ ।

कमेन्ट गर्नुहोस्