आफ्नै नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ ।

महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउनेबारे स्पष्ट रहेको र अन्तिमसमयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल, झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको छ । राष्ट्रपतिले बिहीबारसम्म समय दिएकी छन्।

नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाले साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निश्कर्ष छ ।

 

कमेन्ट गर्नुहोस्