थप २२५ जनाको मृत्यु, ९४८३ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ ।

मंगलबार कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ ।

तीमध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले विभिन्न मितिका शव व्यवस्थापन गरेको आधारमा थप गरिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

एकै दिन पुष्टि गरिएको र २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार सर्वाधिक ९,२७१ संक्रमित थपिँदा १३९ जनाको मृत्यु भएको थियो ।

हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ छ ।

पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

आज काठमाडौंमा २,७८८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ५३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २६४, मोरङमा ३५०, कास्कीमा ३७०, दाङमा २६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९, सुर्खेतमा २६४ र कैलालीमा २९५ छ ।

कमेन्ट गर्नुहोस्