मध्यपुर अस्पतालले अब कोरोना संक्रमितको उपचार नगर्ने

भक्तपुर- मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिइन् ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरू बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

याे पनि पढ्नुस  वडाध्यक्ष, प्रधानाध्यापक शिक्षकमाथि कुटपिट

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्