बाबुरामको अपीलः राष्ट्रिय सरकार बनाएर चुनावमा जाऔं

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने उनको भनाई छ ।

भट्टराईले संविधानको धारा ७६९२० बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने बताए छन् । त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगरमुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उनको भनाइ छ । त्यस्तै यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने पनि भट्टराईको भनाइ छ ।

याे पनि पढ्नुस  नेपाल समूहका सांसदको राजीनामा आउने सम्भावना, झाँक्रीसहित समानुपातिक ८ सांसदलाई कार्वाही गर्ने ओलीको तयारी

कमेन्ट गर्नुहोस्