गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका नेपालीको दाबी

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले बहुमत दाबीसहित पत्र दर्ता गराएका छन् ।

आज विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेपालीले प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका हुन् । उनको निवेदन ११८ नम्बरमा दर्ता गरिएको छ ।

बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

याे पनि पढ्नुस  शनिबार बिहानै १७ जनामा देखियो कोरोना

अविश्वासको प्रस्ताव संसदबाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिँदै बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी थिइन् । उनले दिएको समय बुधबार ४ बजे सकिएकोछ । तोकिएको समयभित्रै चार दलको गठबन्धनले पत्र बुझाएको हो ।

कमेन्ट गर्नुहोस्