ओलीलाई पदमुक्त गर्न सांसदबाट राजीनामा दिनुपर्छः डा.भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको र त्यसका लागि आफूहरूले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्ने बताएका हुन् ।

याे पनि पढ्नुस  नेकपा (एमाले) दर्ता गर्ने निर्णय

यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित रहेको रावलको दाबी छ । उनले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्