सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा

विराटनगर |: जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ। जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो समयमा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने आदेश जारी गरिएको छ ।

याे पनि पढ्नुस  विप्लव समूहद्धारा दुई छुटाछुटै दुई ठाउँमा बम विष्फोट

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि नियन्त्रण रोकथामका लागि जारी निषेधाज्ञालाई कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालले जिल्ला सदरमुकाम इनरुवा, इटहरी र र धरानमा संक्रमणको दर उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै जेठ १५ गतेसम्मका लागि अस्पताल बाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको बताए ।

याे पनि पढ्नुस  जुम्लामा निषेधाज्ञा जारी

सो अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधनको सञ्चालनमा पूर्ण रुपमा बन्देज लगाइएको छ । मोटरसाइकल र सिटी सफारीसमेत सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको हो । अत्यावश्यक सवारी साधनहरु जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, खानेपानी, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, दुध आदि बोक्ने सवारी विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्