सिद्धार्थ बैंक सुदूरपश्चिमद्धारा कोरोना कोषमा दश लाख सहयोग

कैलाली : सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज १० लाख रकम सहयोग गरेको छ ।

बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

सातै प्रदेशलाई १० लाखका दरले सहयोग गर्ने भनेर मङ्गलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताए । अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्