आयरल्याण्डविरुद्ध नेदरल्याण्ड्स पाँच विकेटले विजयी

काठमाडौं : आयरल्याण्ड ‘ए’सँगको एकदिवसीय म्याचमा नेदरल्याण्ड्स ‘ए’ ५ विकेटले विजयी भएको छ ।

आयरल्याण्डले दिएको ९५ रनको लक्ष्य नेदरल्याण्ड्सले १६.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान स्टक इड्रवासले अविजित ३६, टोभिएस भिसेले ३३ र स्टिफन माइवर्गले २३ रन बनाए । विक्रमजित सिंह, बासडी लीडे शून्य र बेन कूपर भने पाँच रनमै आउट भए ।

याे पनि पढ्नुस  मलेसियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर ब्याटिंग गर्दै

बलिङमा पीटर चेस, ग्रीम म्याककार्टरले दुई/दुई र क्रेग योङले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले २३.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि शेन गेटकेटले ३२, क्रेग योङले ३० र निल रकले १६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  विमान खसालेर २९८ जनाको हत्या गरेको आरोपमा नेदरल्याण्ड्सद्वारा ४ जनामाथि अनुसन्धान शुरू

पीटर चेस, जेम्स म्याक्लम, विलियम पोर्टरफिल्ड, स्टफीन डोहेनी शून्यमै आउट भए ।

बलिङमा नेदरल्याण्ड्समा भिभियन किंग्माले तीन, पउलभ्यान मेकरम, आर्यन दत्तले दुई/दुई, फिलिप बोइसेभ्यान, विक्रमजित सिंह र लोगानभ्यान बिकले एक/एक विकेट लिए ।

वर्षाका कारण खेल ४० ओभरमा झारिएको थियो ।

याे पनि पढ्नुस  नेदरल्याण्ड्सविरुद्ध आयरल्याण्ड ५ विकेटले विजयी

किंग्मा, मेकरम, आर्यन, फिलिप र सिंहले यही वैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिजमा समेत खेलेका थिए ।

नेपालमा भएको सिरिजमा लयमा नदेखिएका नेदरल्याण्ड्सका बलर टेष्ट मान्यता आयरल्याण्डका ब्याट्सम्यानविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्