उपत्यकामा आजदेखि झन कडाई, अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

काठमाडौं उपत्यकामा आज बिहानैदेखि थप कडाइ गरिएकाे छ । आगामी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएसँगै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएपनि अत्यावश्यकबाहेक बाहिर निस्किन कडाइ गरिएकाे छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमणबाट पत्रकार रईश साईको मृत्यु

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन। सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक कार्यालय बन्द रहने प्रशासनले जनाइएको छ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।  अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  ७ दिन कम भएको भन्दै काठमाडौंमा फेरि एक साता लकडाउन थपिने

सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।

याे पनि पढ्नुस  राज्य हराएकाे ज्यानमारा (अ) व्यवस्था !

होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ।

अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ।

कमेन्ट गर्नुहोस्