कारवाही फुकुवालगत्तै नेपाललाई ओलीको फोन, भने– भेटौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ ।

आजै बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेलगत्तै ओलीले नेपाललाई फोन गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सम्बोधन गर्दै (लाइभ)

सो क्रममा अध्यक्ष ओलीले नेपाललाई भेटवार्ताको प्रस्ताव राखेका छन् । नेपालले दुई घण्टापछि कुरा गरौंला भन्दै फोन राखेका थिए ।

कमेन्ट गर्नुहोस्