नेदरल्याण्ड्सविरुद्ध आयरल्याण्ड ५ विकेटले विजयी

काठमाडौं : तीन खेलको अनअफिसियल एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेदरल्याण्ड्स ‘ए’विरुद्ध आयरल्याण्ड ‘ए’ ५ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ६ रनको लक्ष्य आयरल्याण्डले २०.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि कप्तान ह्यारी टेक्टरले अविजित ५०, जर्ज डकरेलले १७, स्टिफन डोहेनीले १३, टिम टेक्टरले १० रन बनाए ।

याे पनि पढ्नुस  आयरल्याण्ड विरुद्धको श्रृखंला अफगानिस्तानद्वारा स्विप

बलिङमा र्यान कलिनले सर्वाधिक दुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स २८.५ ओभरमा अलआउट भयो ।

उसका लागि स्टिफन माइवर्गले १७, र्यान कलिनले १८ आर्यन दत्तले १४, इन्टोनियस स्टाल र एम नदीमले १३/१३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा ग्रिम म्याककार्टरल एक्लैले सर्वाधिक ६ विकेट लिए ।

याे पनि पढ्नुस  वान डे सिरिजः भारतले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

उनले ९.५ ओभरमा ३२ रन दिएर ६ विकेट लिएका हुन् ।

कमेन्ट गर्नुहोस्